राजनीति

भीम रावलको खुलमखुला च्याजेन्ज देउवा, ओली र प्रचण्डलाई भारी, राष्ट्रघाती प्रमाणित गर्न दबाब (भिडियोसहित)


काठमाडौँ — करिब चारवर्षदेखि संसद्मा कचल्टिएको एमसीसी परियोजना अहिले पनि रनभुल्लमा छ । एमसीसी परियोजना के ठिक, के बेठिक भन्नेमा आम नागरिक पनि रनभुल्लमै छन् । राष्ट्रघाती मानिँदै आएको परियोजना अब पनि कति समयसम्म कचल्टिने हो पत्तोछैन । तर प्रधानमन्त्री शेरबहादुर देउवाकै तहबाटराष्ट्रघाती होइन भनेर प्रमाणित गर्न चुनौती आएपछि केही नेताहरु उक्साहटमा आएका छन् ।

राष्ट्रघातका काम मुलतः आम सर्वसाधारण जनताको तहबाट हुँदैन । राष्ट्रघात हुनैपरे सिधैँमुलुकको कार्यकारी तहमा रहेका प्रधानमन्त्री, मन्त्रीहरु वा राजनीतिक दलको नेतृत्वमा रहेका व्यक्तिबाट हुनसक्छ ।जसका हातमा सत्ताको तालाचाँबी छ उसैले गर्ने हो राष्ट्रघात । तर एमसीसीलाई पारित गर्ने र जनमत तान्ने नाउमा प्रधानमन्त्री शेरबहादुर देउवाले भनिदिए, ‘प्रधानमन्त्री जस्तो मान्छेले राष्ट्रघात कसरी गर्छ । एमसीसीलाई राष्ट्रघाती भन्नेहरुले एकपटक पढ्नुप¥यो नी ।’

अब प्रधानमन्त्रीकै तहबाट एमसीसी राष्ट्रघाती हो भनेर प्रमाणित गर्न चुनौतीनै आएपछि विगतदेखि नै यो परियोजना देशहितमा छैन भन्ने वकालत गरिरहेका नेताहरु दबाबमा छन् ।एमसीसी राष्ट्रहितमा छ भन्दै जनमत आकर्षित गर्न प्रधानमन्त्री देउवा अघि बढेपछि यसको खरो विरोधमा उत्रिएका एमाले नेता भीम रावललाई भतभती पोलेको छ । उनले राष्ट्रहितमा छ भन्ने चाहेका देउवा, यसको आधा समर्थनमा रहेका प्रचण्ड र ओलीलाई टुंडिखेलको खुल्ला चौरमा आएर बहस गर्न अर्काे चुनौती दिएका छन् ।

एमालेभित्र अध्यक्ष ओलीसहितको एक पंक्ति एमसीसीकै पक्षमा छ । भीम रावलसहितको अर्काे पंक्ति पूर्णरुपले विपक्षमा छ । माओवादीमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ र लिलामणि पोखरेल लगायका नेताहरु पास गर्नै नहुने पक्षमा छन् ।अब यी नेताहरुले समेत राष्ट्रघाती हो भनेर प्रमाणित गर्न सक्नुपर्नेछ ।

राजनीतिक दलहरुबीच नै कचल्टिएको एमसीसी जनस्तरसम्म बहसको विषय नै बनेको छैन । यसलाई गोलचक्करमा फसाएर बरु राजनीतिक दलका नेताहरुले आ–आफ्नो स्वार्थ अनुकुल प्रयोग गरिरहेका छन् ।जुन सबैभन्दा घातक छ ।