राजनीति

माओवादी महाधिवेशन : ११ समूहको छलफल सकियो, बाँकी भोलि ११ बजेदेखि


काठमाडौँ — नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको प्रस्तुतिकरण सकिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छलफलमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि छफल स्थगित गरिएको छ ।


माओवादी केन्द्रका एक नेताका अनुसार अब बिहीबार विहान ११ बजेदेखि पुन: बाँकी समूहले समूहगत छलपलको निष्कर्ष सुनाउनेछन् ।