मौसम

जुम्लामा हिमपात : जनजीवन प्रभावित, जाडोबाट जोगिन प्रशासनको आग्रह


काठमाडौँ — जुम्लामा मंगलबार रातिदेखि हिमपात भएको छ । लगातारको हिमपात कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ।

हिमपात जारी रहेकाले जुम्ला प्रशासनले आम नागरिकलाई न्यानो गरेर बस्न आग्रह गरेको छ । जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खाने आत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले अनुरोध गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रसाईंले असहाय, बेवारिसे, न्यानोकपडा अभाव भएका ब्यक्ति भेटिएको खण्डमा जिल्ला प्रहर तथा प्रशासन कर्यालयमा खबर गर्न अनुरोध गरेका छन् ।

त्यस्तै, हिमपातले हिउँदे बाली सप्रने भन्दै किसान भने खुसी भएका छन्। प्रशासनले हिमपातले कुनै खालको विपदजन्य घटना घटेमा तत्काल नजिकैको प्रहरी चौकीमा खबर गर्न भनिएको छ ।