Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

गण्डकी प्रदेश

तमु ल्होसारमा गण्डकीमा सार्वजनिक विदा


काठमाडौँ — तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशले राष्ट्रियबाहेक ६ दिन थप बिदा सक्ने अधिकार छ । त्यसअनुसार प्रदेश सरकारले गत २०७७ चैत १७ गते नै तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गुरुङ समुदायको तमु ल्होछार यही पुस १५ गते बिहीबार परेको छ ।

बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने कुरा आज सूचना जारी गरेर मुख्यमन्त्रीको कार्यालयले जानकारी गराएको हो । गण्डकी प्रदेश सरकारले तमु ल्होसारजस्तै माघे संक्रान्ति, इदलगायत स्थानीय बिदा दिँदै आएको छ ।