राजनीति

राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ समूह


काठमाडौँ – नेकपा माओवादी केन्द्रको बन्दसत्रमा पेस भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक दस्तावेजमाथि सामूहिक छलफल भएको छ । आइतबारदेखि सुरू भएको माओवादीको आठौं राष्ट्रिय महाधिवशेनको बन्दसत्रले अध्यक्षको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको थियो ।

मंगलबार दिनभर र बुधबार बिहानभर समूहगत छलफलबाट निस्किएको निष्कर्ष १ बजेपछि बन्द शत्रमा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ ।