राजनीति

प्रचण्डको छल : महाधिवेशनमा विचार बन्धक, महासचिव र उपाध्यक्ष को–को बन्दैछन् ?


काठमाडौँ — नेकपा माओवादी केन्द्र जारी बन्दसत्रमा नीति र नेतृत्वका विषयमा छलफल र विचार विमर्श भइरहेका छन् । यसबाटै आगामी नेतृत्वपंक्ति तयार पार्ने कोशिस पनि भइरहेको छ ।तर गुमेको साख फर्काउन माओवादीका लागि चुनौतीपूर्ण देखिन्छ ।

राष्ट्रिय सम्मेलनलाई रातारात महाधिवेशनमा बदलेको नेकपा माओवादी केन्द्रले नेतृत्वभन्दा बढी नीतिमा केन्द्रीत रहेको दाबी गरेको थियो । तर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अढाइघण्टा लगाएर सुनाएको राजनीतिक दस्तावेज महाधिवेशन प्रतिनिधिको हातमा समेत पुग्न पाएनन् ।यसमा नेता–कार्यकर्ताहरुबाटै प्रश्न उठ्यो, दस्तावेज नै नदिएर कस्तो खाले नीतिको बहस गर्न थालिएको हो ? र पार्टी कसरी रुपान्तरण हुन्छ ?

२०६४ को निर्वाचनमा पहिलो राजनीतिक शक्तिका रुपमा उदाएको माओवादी अहिले साख जोगाउनै हम्मेहम्मेकोअवस्थामा छ । पुनरोदयका लागि पार्टीमा रुपान्तरण आवश्यक छ र त्यसको सुरुवात नेतृत्वबाटै गर्नुपर्छ भन्ने मत कार्यकर्ताको छ । तर शान्ति प्रक्रियामा आएपछि गरेका गल्ती कमजोरीमा आत्मालोचना गर्दै अध्यक्ष प्रचण्डले रुपान्तरित हुन चाहेको सन्देश दिएपनि नेताहरुले पार्टी रुपान्तरण दस्तावेजमा नभई व्यवहार हुनुपर्ने बताएका छन् ।प्रचण्डको गतिविधि अझै पनि व्यक्तिवादी भएकाले रुपान्तरित हुनेमा शंका कायमै छन् ।

पार्टी रुपान्तरणका लागि मुल नेतृत्वबाटै सुधारको सुरुआत हुन आवश्यक रहेका बेला प्रचण्ड माओवादीमा निर्विकल्प छन् ।र पार्टीको नेतृत्व लिने सक्ने दोस्रो र तेस्रो तहमा समेत नेताहरु जन्मिएका छैनन् ।बरु प्रचण्डकै फेरो समाएर राजनीतिमा उदाउँने र अस्ताउने श्रृंखला माओवादीका लागि नयाँ रहेन । यो आठौं महाधिवेनबाट समेत प्रचण्ड नेतृत्वमा सुरक्षित रहेका बेला १५ सदस्यीय पदाधिकारीमा कस्तो अनुहार आउँछन् त्यसले समेत अर्थ राख्नेछ । अहिले मुलतः अध्यक्षपछिको महत्वपूर्ण पद महासचिवकै भिडन्त प्रचण्डका लागि सकसपूर्ण छ । किनकि यही पदका लागि जनार्दन शर्मा, बर्षमान पुन र पम्फा भुसाल जस्ता नेताहरु लामबद्ध छन् । महासचिवकै लागि कृष्णबहादुर महरा र हरिबोल गजुरेल समेत थपिएका छन् । तर महरा र भूसाललाई उपाध्यक्षमा व्यवस्थापन गरेर शर्मा र पुन मध्ये एकलाई महासचिव बनाउने प्रचण्डको तयारी देखिन्छ । त्यसमध्ये अर्थमन्त्री समेत रहेका शर्माले महाधिवेशनबाटै आफ्नो महोल बनाइरहेका छन् भने उपचारका लागि चीनमा रहेका पुनले त्यहीबाट दबाब दिइरहेका छन् । मंगलबार पुनले चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका थिए । जुन भेट नेतृत्वलाई दबाब दिनका लागि रहेको स्पष्टै बुझ्न सकिन्छ ।

महासचिवमा पुन र शर्मा मध्ये एक भए अन्य आकंक्षीलाई उपाध्यक्ष, र उपमहासचिवमा व्यवस्थापन गर्नुपर्नेछ । वरिष्ठ उपाध्यक्ष पदमा नारायणकाजी श्रेष्ठअध्यक्षमा प्रचण्डजस्तै निर्विकल्प छन् । समावेशी कलष्टरमा उपाध्यक्ष चयन गर्दा मातृकाप्रसाद यादवर देव गुरुङले ठाउँ पाउने छन् ।

महासचिवमा आकंक्षा भएपनि गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरु उपमहासचिवका लागि तयार भइरहेका छन् ।केही नेताको व्यवस्थापन सचिव र कोषाध्यक्षमा समेत हुनेछ । महाधिवेशनबाट कस्तो नेतृत्वपंक्ति आउँछ त्यसले गुमेको माओवादीको साख फिर्ता हुन विषय निर्भर हुने देखिन्छ । यद्यपी ३२ वर्ष महामन्त्री र अध्यक्ष बनेका प्रचण्डलाई नेतृत्वमा फेरि पनि दोर्होयाउने–तेर्होयाउने काम भइरहेका बेला उनैले तयार पारेको पदाधिकारीमा ताली बजाउने र पारित गर्ने अभ्यासयसपटक पनि माओवादीमा दोहोरिने भएको छ ।