राजनीति

प्रचण्ड र पोखरेलको पश्चतापको अर्थ के ? वृहत कम्युनिष्ट एकता सम्भव होला ? (भिडियोसहित)

प्रचण्ड र विप्लव एक होलान त ?


काठमाडौँ — नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनसंगै कम्युनिष्ट एकताको विषय पुन एकपटक चर्चामा आएको छ । अध्यक्ष प्रचण्ड र एमाले महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पश्चात गरिरहँदा माओवालीबाटै फुटेर गएकाहरुले पनि गुलियो बचन दिएपछि एकताको चर्चा चुलिएको हो । तर कांग्रेससंग एमसीसी पास गर्नेसम्मकै हदमा पुगेका प्रचण्डसंग अन्य कम्युनिष्टको एकता कति सम्भव छ त ?

टुटफुटमै रमाइरहेका नेपाल कम्युनिष्टहरुबीच पुनः एकताको बहस सुरु भएको छ । योबीचमा वोलीचाली नै बन्द भएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच फोनवार्ता भएको छ भने नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि भेटघाट बढाईरहेका छन । त्यस्तै प्रचण्डसंग भने माओवादी महाधिवेशनमै प्रचण्ड र एमाले महासचिव शंकर पोखरेलले नेकपा एकता बचाउन नसकेकोमा पश्चाताप गरेका छन । जसले समेत प्रण्डलाई हौसाएको छ । तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने प्रचण्डसंग मात्र नभई वृहत बाम एकता आवश्यक रहेको र त्यसैका लागि छलफल जारी रहेको बताएको छ ।

तर संसदीय व्यवस्था मान्ने कम्युनिष्ट दलहरु र त्यसैलाई दलाल पुजिवादी व्यवस्था भन्ने विप्लव नेतृत्वको नेकपाबीचको एकता त्यहि सहज देखिँदैन । यता नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले समेत आफूबाहेक अरुलाई कम्युनिष्ट मान्न तयार देखिँदैनन् । माक्र्सवाद, लेनिनवाद, माओवाद मात्र भनेर नहुने बताउने उनले राजनीतिक कार्यदिशा सो अनुरुपको बनाउनुपर्नेमा जोड दिदै आएका छन् । नेपालमा रहेको कम्युनिष्ट नामका अन्य सबै दल प्रतिक्रियावादीका दलाल भएको टिप्पणी गर्दै आएका छन । जसले वृहत कम्युनिष्ट एकताको अवधारण अनुरुप सबै कम्युनिष्ट अटाउनेमा प्रश्न उब्जाएको छ ।

यद्यपी उनकै पार्टीका नेता सीपी गजुरेल भने केहि शर्तमा एक हुन सकिनेमा विश्वस्त देखिएका छन । देशभक्त गणतान्त्रिक मोर्चाको नेतृत्वकर्ता समेत रहेका उनले नेपालमा भएका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु एक हुनुपर्नेमा जोड दिदै आएका छन । तर माओवादीसंग एक हुन सशस्त्र विद्रोह शुरू गर्नुअघिको माओवादी केन्द्रीय समितिले गरेका प्रतिबद्धतालाई पुनःस्थापित गर्नुपर्ने, लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याउने प्रतिबद्धता जनाउनुपर्ने माग उनको छ ।

गजुरेलको यी सर्त मान्न माओवादीलाई त्यती सहज भने छैन । तर टुटफुटकै कारण कम्युनिष्टहरु प्रति नै निराशा बढ्दै गएको अवस्थामा एक हुनै पर्ने बाध्यता समेत उसलाई छ । तर फुटपछि सबै पार्टीमा सिद्धान्तविहिन रहेकोले पुन सबै एकै ठाँउमा आउने सम्भावना जिवितै रहेको वाम विश्लेषकहरु बताउछन ।

अवस्था कस्तोसम्म छ भने कांग्रेसको फेरो समातेर चुनावमा जाने आशामा रहेको प्रचण्डलाई कांग्रेसका सभापती देउवाले प्रशंशाको पुल बाधेर अझ नजिक बनाउने प्रयास गरिरहेका छन । देउवा यहि नजिकपनाको फाईदाँ उठाउदै एमसीसी पास गराउने दाउमा छन । तर एक हुने भनिएका कम्युनिष्टहरुमा मुख्य विमेलको मुद्धा नै एमसीसी र आत्माकेन्द्रीत प्रवृत्ति देखिएको छ । त्यसमाथि पनि सिद्धान्तत पतित बन्दै गएको एउटा खेमा र कसैको फेरो समातेर भएपनि सत्तामा पुग्न चाहने अर्को प्रवृत्तिबीच मिलनविन्दु कसले पहित्याउला ? त्यो भने हेर्न बाँकी छ ।