देश

रौतहटको गरूडामा जन्ती बोकेको कार दुर्घटना, पाँच जनाको मृत्यु


काठमाडौँ – रौतहटको गौर–चपुर सडकखण्डको गरूडामा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको उक्त कार गरूडामा दुर्घटना ग्रस्त भएको इलालका प्रहरी कार्यालय गरूडाले जनाएको छ । प्रहरीका अनुसार कारमा सवार ८ जनामध्ये तीनजना घाइते भएका छन् ।

उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मृतकको पहिचान भने खुल्न सकेको छैन ।