राजनीति

एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता


काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी) बीच पार्टी एकता भएको छ । एकीकृत समाजवादी र देवेन्द्रसिंह महतो नेतृत्वको नेकपा (जनवादी) बीच मंगलबार एक समारोहबीच पार्टी एकीकरण भएको हो ।

महतोले ०६२ सालमा नेकपा (जनवादी) पार्टी गठन गरेका थिए। पार्टी एकता समारोहलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनवादीका अध्यक्ष महतोले सम्बोधन गरेका छन् ।