राजनीति

मिलन पाण्डे र कांग्रेस महामन्त्री शर्माबीच भेटवार्ता


काठमाडौँ — विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई भेटेका छन् । नवनिर्वाचित महामन्त्री शर्मालाई भेटेर पाण्डेले बधाई तथा शुभकामना दिएका थिए ।

संयोजक पाण्डे र बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले कांग्रेस महामन्त्री शर्मालाई भेटेका हुन् ।

भेटवार्तामा नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा कुराकानी भएको एक नेताले बताए ।

विवेकशील साझाले पाण्डेलाई संयोजकबाट हटाएको बताएको थियो । पछिल्लो समय पाण्डेले विभिन्न दलका नेताहरूसँग भेटवार्ता गरिरहेका छन् ।