Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

प्रदेश नं. २

प्रदेश २ : नाम र राजधानीमा सहमति जुटाउन विशेष समिति गठन


काठमाडौँ – प्रदेश २ को नाम र राजधानीका विषयमा सहमति गर्न प्रदेश सभाले विशेष समिति गठन भएको छ । सभामुख सरोज यादव संयोजक र उपसभामुख उपमा देव सहसंयोजक रहने गरी संसदीय अध्ययन विशेष समिति गठन गरिएको छ ।

समितिको सदस्यमा उपेन्द्र कुशवाह, किशोरी साह ‘कमल’, जगत यादव, दिलिप साह, परमेश्वर साह, बिदेश्वर यादव ‘बिक्की’, शत्रुधन महतो, शारदा थापा, शिवचन्द्र चौधरी, शैलेन्द्र कुमार यादव, सञ्जय यादव, सावित्री देवी साह, सुन्दर बिक र सुरिता साह छन् ।

समितिले प्रदेशको नाम र स्थायी राजधानीबारे दर्ता भएको प्रस्तावको अध्ययन गरी छलफल र अन्तर्क्रिया गर्ने सभामुख सरोज यादवले बताए । प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र राजधानीबारे २ वटा प्रस्ताव दर्ता भएको छ ।