राजनीति

माओवादी महाधिवेशनको बन्दसत्र भोलि १ बजेदेखि


काठमाडौँ — नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ ।

मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ । समूहगत छलफलका लागि २५ समूह बनाइएको छ ।