राजनीति

चिनियाँ उपमन्त्री र वर्षमान पुनबीच भेटवार्ता

स्वास्थ्यमा उल्लेख्य सुधार


काठमाडौँ — चीनको सेन्जेनमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य, पूर्व अर्थमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ ।

पुनले बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगको चीनको सेनजेनमा उपचार गराइरहेका छन् । स्वास्थ्य उचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग दुई पक्षीय भेटवार्ता गरेका उनको सचिवालयले जनाएको छ ।

उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्व सभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागि भएकी थिइन् । ​काठमाडौँमा माओवादी केन्द्रको ८औँ महाधिवेशन चलिरहेको बेला सेन्जेनमा यो भेटवार्ता भएको हो ।