खेलकुद

महिला टिमको ऐतिहासिक उपलब्धि : सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई


काठमाडौँ — नेपाली राष्ट्रिय महिला भलिबल टोलीले (एभीसी) एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

सेन्ट्रल जोनमा उत्कृष्ट प्रर्दशन गर्दै महिला टोलीले इतिहास दोहोर्याएको हो । बगंलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको फाइनल खेलमा नवप्रवेशी टोली उज्वेकिस्तानलाई पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो ।

बगंलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३—२ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ को जित निकालेको हो ।

पहिलो सेटमा नेपाल एक समय ११–७ १६–१२, १८–१५ ले पछि परेको अवस्थामा १९–१८ ले अग्रता बनायो । यस्तै २२–२२ को अवस्थामा रहँदा नेपालले प्रतिस्पर्धात्मक खेल खेल्दै २६–२४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । नेपालले सन् २०१९ मा बंगलादेशमा भएको पहिलो संस्क्रणमा मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि उचालेको थियो ।