काठमाडौँ – सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ सङ्क्रमित थपिएका छन् । चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी बताएकाछन् । चीनभित्रै सङ्क्रमण भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि चीनको स्वास्थ्य बिभागले वनाएको ।
ती सङ्क्रमतिहरु चीनको साङ्सी प्रान्तमा बढी पाइएको बताइएको छ । तीमध्ये धेरैजसो स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै १५ जना मात्र सङ्क्रमितहरु बाहिरबाट आएका मानिसमा भेटिएको पाइएको मंगलबार जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले मंगलबार दिएको जानकारीअनुसार चीनमा नयाँ सङ्क्रमित भेटिने क्रम बढ्दै गएको छ ।


प्रतिक्रिया