राजनीति

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी


काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आठौँ महाधिवेशनको बन्दसत्र चलिरहँदा सोही भवनमा स्थायी समिति बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र अन्य नेताहरूले पेस गर्ने भनेको सहायक प्रस्तावलाई कसरी लैजाने भन्नेबारे छलफल हुने एक नेताले बताए । त्यस्तै विधान संशोधन प्रस्तावमाथि छलफल पनि बैठकको एजेण्डा छ ।

बैठकमा पार्टीको पदाधिकारी संख्या र त्यसमा विभिन्न समूह (क्लस्टर)को सहभागिता व्यवस्थापन गर्ने, महाधिवेशनमा प्रस्तुत पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदन तथा संशोधित विधान लगायत बन्दसत्रमा उठेका विषयमा कसरी प्रभावकारी ढंगले सम्बोधन गर्ने भन्नेबारे छलफल हुने बताइएको छ ।