काठमाडौँ – यतिवेला बैंकीङ क्षेत्र चरम संकटमा छ । करण हो तरलता अभाव । जसको प्रभाव समग्र अर्थतन्त्रमा परेको छ । पुजिँगत खर्च हुन नसक्नु र अत्याघिक आयातले बैंकिङ क्षेत्रमा तरलता अभाव भएको विश्लेण भैरहेको छ ।
समग्र अर्थतन्त्रका सुचकमा निरन्तर गिरावट आईरहँदा बैंकीङ क्षेत्रमा देखिएको तरलता अभावले थप संकट निम्त्याएको छ । पुजिँगत खर्च हुन नसक्नु र आयात—निर्यातको काहलीलाग्दो असन्तुलनले बैंकिङ् क्षेत्र यतिवेला चरम संकटमा छ । जसले गर्दा अर्थतन्त्रनै कोरोनाले लकडाउन हुदाको अवस्था भन्दा झनै नराम्रो सँग गुज्रिरहेको छ ।
तरलता भनेको वित्तीय संस्थाहरूसँग नगद उपलब्धताको अवस्था हो, जुन अहिले बैंक तथा वित्तीय संस्थामा अत्यन्तै न्युन छ । बैंकीङ प्रणालीसँग कुनै प्रत्यक्ष सरोकार नभएका मानिसहरूलाई पनि तरलताको संकटले प्रभाव पार्ने गर्छ । बैंकमा तरलता अभाव भएमा कर्जाको ब्याज दर बढ्छ र यसको प्रभाव उद्योग व्यवसायको लागतमा पर्छ । यसले बजारमा महँगी बढाउँछ । तर यसको राम्रो पक्ष पनि हुन्छ, त्यो हो बचतकर्ताहरूको ब्याज बढ्ने अवस्था सृजना हुनु । तर, यो क्षणिक सुविधा मात्रै हो । यसको नकारात्मक प्रभाव दिर्घकानीन हुने गरेको छ । वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग समेत संकटमा परेको छ ।
बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको निर्माण व्यवसायीको गुनासो छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह पछिल्लो समय बैंकहरुबाट एक दुई लाख कर्जा समेत पाउन मुस्किल भएको बताउछन ।
यता बैंकहरु भने पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अभाव नभएकाले अहिले आत्तिहाल्नु पर्ने अवस्था नभएको बताउने गरेका छन् । चरम अभाव नभए पनि बैंकहरुलाई केहि असहजता भने रहेको उनिहरुको भनाई छ । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउनुपर्नेमा जोड दिन्छन् ।
सरकारले उत्पादन मुलक उद्योगलाई प्रथामिकता नदिदा तरलता अभाव भएको कतीपयको विश्लेषण छ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन आफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेल अब बैंकहरुले बढी भन्दा बढी उत्पादनमुलक क्षेत्रका कर्जा प्रवाह गर्नुपर्ने धारणा राख्छन । साथै, कर्जा प्रवाह भए अनुसार निक्षेप नबढ्दा तरलतामा केही असहज भएको उनको दावी छ ।
यता नेपालको केद्रीय बैंकले वित्तीय प्रणालीमा भएको तरलता अभाव उच्च आयातको कारणले भएको बताउने गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आयातका लागि ठूलो रकम बृद्धि भएर फाइनान्स गर्नु पर्दा त्यही मात्रामा रकम निक्षेप संकलन नहुँदा बजारमा तरलता अभाव भएको स्वीकार गर्छन् ।
पछिल्लो समय आयात बढे अनुसार आयातबाट गएको रकमलाई परिपुरण गर्ने अन्य सा्रेतहरु नहुँदा तरलताको समस्या सृजना भएको छ । त्यस्तै, वित्तीय संस्थाहरुमा तरलता बढी हुँदा गुणस्तरिय कर्जा नराम्रो हुने गरेको छ । प्रणालीमा निक्षेप थपिँदै गएपनि बैंकिङ तरलता अभावमा भने कमी आएको छैन । राष्ट्र बैंकले पुसको पहिलो साता २७ अर्बले निक्षेप बढेको जनाएको थियो । यही बीचमा ७ अर्ब रुपैयाँ मात्र ऋण गएको छ । तर पनि बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकसँग सापटी चलाउन छाडेका छैनन् ।
प्रतिक्रिया