बिजनेस

अर्थमन्त्री र गभर्नरले वास्ताविकता लुकाए, अर्थतन्त्र गम्भीर संकटमा, महङ्गी बढ्ने संकेत (भिडियोसहित)


काठमाडौँ – यतिवेला नेपालको अर्थतन्त्र ओरालो गतिमा छ । जुन कुरा सरकारी तथ्याङ्कले पनि देखाइ रहेको छ । तर, अर्थमन्त्रीदेखि केन्द्रीय बैंकका गभर्नरसम्मले नेपालको बास्तविक स्थिती भने लुकाइरहेका छन् ।

पछिल्लो समय मुुलुकको अर्थतन्त्र गम्भीर संकटमा छ । मुलुकको अर्थतन्त्र संकट उन्मुख तिर ओरालो लागेको पछिल्लो राष्ट्र बैंकको वित्तीय तथ्याङका सूचकहरुले पनि देखिएको छ । चालु आर्थिक वर्षको सुरुवातसँगै मुलुकको वित्तीय प्रणालीमा तरलता अभावले हाहाकार मच्चाएको छ । बजारमा तरलता अभाब हुनुमा सरकारले पुँजीगत खर्च गर्न नसक्नु तथा नेपालमा आयात अत्याधिक रुपमा बढ्नु मुख्य कारण रहेको राष्ट्र बैंकले बताउँदै आएको छ ।

यसरी मुलुकको अर्थतन्त्र संकट उन्मुख भएको र बजारमा तरलता अभाव झेलि रहेको अवस्थामा नेपाल राष्ट्र बैंकका गभर्नर माहाप्रसाद अधिकारीले केही दिन अगाडि आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बैंकहरुको ‘लिभरेज रेसियो’ को विषय उठाउँदै मुलुकको अर्थतन्त्रमा ठूलो समस्या नआएको देखाउन खोजेका थिए ।

यता नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले गभर्नर अधिकारीले अर्थतन्त्रको सूचक राम्रो देखाउन बैंकको लिभरेज रेसियोको कुरा उठाउनु बेमौसमी बाजा जस्तै भएको टिप्पणी गरेका छन । उनले राष्ट्र बैंकले अहिले कै अवस्थामा लिभरेज रेसियोसँग जोड्नु पर्ने अवस्था नआएको बताए । पूर्वगभर्नर नेपालले बैंकहरुको लिभरेज रेसियोको विषयमा बोल्न पर्ने जरुरी नभएको समेत धारणा राखेका छन् । उनले बाहिर अर्थतन्त्र संकट उन्मुख रहेको हल्ला चलाउँदा स्पष्ट रुपमा बताउन खोज्नु राम्रो भएको तर बैंकको लिभरेज रेसियोलाई ल्याएर घुसाउन राजनीतिक दबाव परेकोे आशंका व्यक्त गरे ।

पूर्वगभर्नर नेपालले अहिलेको तरलता लगायत अन्य समस्याले मूल्य वृद्धि बढ्ने देखिएको बताए । उनले अहिलेको अर्थतन्त्रको अवस्थाले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धि गर्ने भने ठूलो चूनौती रहेको बताए ।