राजनीति

कांग्रेसका १६ जिल्लाको अधिवेशन पुस २७ मा हुने


काठमाडौँ – कांग्रेसले बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ मा गर्ने भएको छ ।

केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले ती जिल्लाको अधिवेशन पुस २७ गते सम्पन्न गर्ने निर्णय गरेको सचिव केशव रिजालले जानकारी दिनुभयो ।

अब कांग्रेसको जिल्ला अधिवेशन हुन बाकी रहेका जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली छन् । त्यस्तै मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको अविधेशन पनि पुस २७ गते नै हुनेछ ।