कोरोना विशेष

‘ओमिक्रोन’ बढेपछि नियन्त्रण गर्न दिल्लीमा आजदेखि रात्रीकालीन कर्फ्यु लागु हुने


काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बढ्न थालेपछि नियन्त्रण गर्न पुनः रात्रिकालीन कर्फ्यु लगाइएको छ । दिल्ली सरकाले आज (सोमबार)देखि रातिको समयमा कर्फ्यु लागु गर्ने घोषणा गरेको हो ।

दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छन् । नयाँ वर्ष सन् २०२२ को अवसरमा हुन सक्ने भीडभाड र त्यसले बढाउने संक्रमणको जोखिमलाई मध्यनजर गरेर सावधानीको लागि रात्रीकालीन कर्फ्युको निर्णय गरिएको हो ।

दिल्लीमा आइतबार थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।