राजनीति

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा


काठमाडौँ – नेकपा एमालेले निष्कासन गरेको माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

न्यायाधीशद्धय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सो मुद्दाको पेशी तोकिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसहितका १४ सांसद, निर्वाचन आयोग र सभामुखविरुद्ध रीट दायर गर्नुभएको थियो ।