राजनीति

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै निरन्तर आन्दोलन


काठमाडौँ – नेपाल बार एशोसिएशका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले अनियमिता गरेर कमाएको सम्पतिको छानविन गनुपर्ने बताउनुभएको छ ।

सोमबार पनि सर्वोच्च अदालत परिसरमा बारको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बार अब प्रधानन्यायाधीश जबराको राजीनामा माग मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पतिको छानविन गर्नु पर्ने बताउनुभयो । अध्यक्ष श्रेष्ठले विचौलियाको संरक्षक नै प्रधानन्यायाधीश समशेर भएकाले उहाँको सम्पति छानविन हुनुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले कार्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर बिरोध प्रदर्शन गर्दै आएका छन् ।