राजनीति

निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा सरकारको सहभागिता रहेको शंका छ : बाबुराम भट्टराई


काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले विभिन्न शंका उब्जिएको बताउनुभएको छ ।

सोमबार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ गतेदेखी माइतिघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकाहरुलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शंकास्पद भएको टिप्पणी गर्नुभयो । उहाँले आजसम्म घटनाको न्यायपूर्ण छानविन नहुनु र सत्यतथ्य बाहिर नआउनुले घटनामा राज्यकै मिलेमतो भएको शंका उब्जिएको बताउनुभयो ।

सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो । महिला अधिकारकर्मी रुबी खानले आफुहरु महिनौदेखि न्यायका लागि धर्ना बसेको भएपनि सरकार आफुहरुको मागमा संवेदनशील नभएको बताउनुभयो ।

धर्नारत महिला अधिकारकर्मीहरुले माग पुरा गर्न सरकार गम्भिर हुनुपर्ने बताएका छन् ।