बिजनेस

नेप्सेमा भारी अंकको गिरावट, ५ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक उच्च अंकले घटेको छ ।

सोमबार नेप्से ६९.७७ अंकले घटेर २ हजार ५२१ दशमलव ६५ विन्दुमा पुगेर थामिएको हो । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स १०.८५ अङ्कले घटेर ४७१.८९ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक घटेका छन् ।

सोमबार २ सय ३८ कम्पनीका १० करोड २९ लाख २ हजार २ सय २६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६ सय ७१ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन गोर्खाज फाइनान्स लिमिटेड र मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सयेर मूल्य १० प्रतिशतले बढेको छ ।