राजनीति

लोसपा नेपालका नेता तथा कार्यकर्ताद्वारा केन्द्रिय पार्टी कार्यालयमा धर्ना


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले केन्द्रिय पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

सोमबार लोसपाको केन्द्रिय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै शान्तिपूर्ण धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै निर्णयलाई सच्याउन जोड दिनुभयो ।

उहाँले एक ब्यक्ति एक पदको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने माग रहेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष ठाकुरले एकल निर्णय अलोकतान्त्रिक मानिने भएकोले पार्टीभित्र लोकतन्त्रको मूल्य मान्यता स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।