राजनीति

ओलीसँग भीम रावलको कहिलेसम्म टक्कर, १० भाई फेरि असिनपसिन, रावलको कुण्ठामात्रै ! (भिडियोसहित)


काठमाडौँ – एमाले नै ओली र ओली नै एमाले जस्तो माहोल देखिएका बेला पार्टीभित्र फरक मत राख्दै आएको समूह अहिले पनि असन्तुष्ट नै छ । ओली भने पार्टीको अन्तरकलहलाई नजरअन्दाज गर्दै बाहिरीकालाई रिझाउने कसरत गरिरहेका छन् ।

चितवनमा दशौं राष्ट्रिय महाधिवेशन फत्ते पारेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यान पार्टीलाई कसरी बलियो बनाउने र आम निर्वाचनमा कसरी पहिलो बनेर फेरि कसरी प्रधानमन्त्री भन्ने भन्नेतर्फ केन्द्रीत छ । यसका लागि अभियान नै चलाएर चुनावी गतिविधि गर्न कार्यकर्तालाई निर्देशन जारी गरेका छन् । तर पार्टीभित्रकै एक पंक्ति ओलीको निषेध र दमनले असिनपसिन बनिरहेको छ ।

अध्यक्षमा पराजित भएका भीम रावलको समूहलाई ओलीले पार्टीका कुनै पनि जिम्मेवारीमा सन्तोषजनक भूमिका दिएका छैनन् । आफ्नाविरुद्ध गएकालाई महाधिवेशन पछि छानीछानी बदला लिने आक्रमणको नीति अख्यितार गरेका छन् । फलतः असन्तुष्टि पक्षले ओलीको दबाब कहिलेसम्म खिपेर बस्छ अन्यौलपूर्ण नै छ ।

विगतदेखि नै ओलीको खरो प्रतिपक्षमा उत्रिदै आएका रावलले महाधिवेशनमा ओलीको सर्वसम्मत र निर्विकल्प हुने चाहनामाथि पानी खन्याएका थिए । त्यसयता ओलीले भक्तपुरमा केन्द्रीय कमिटीको बैठक गर्दै जिम्मेवारी बाँडफाँड गरे । त्यसमा ओलीसँग निकट रहेका नेताहरुले पार्टीका विभिन्न विभागहरुमा महत्वपूर्ण जिम्मेवारी पाए । रावलसहितका असन्तुष्टहरुको खाइपाइ आएको जिम्मेवारीसमेत कटौती गर्दै सहायकमै सिमित गरियो । रावलको सुदुरपश्चिम प्रदेश इन्चार्ज पनि फर्किएन् । तथापी ओलीले सल्लाहकार परिषद्को सदस्य थमाइदिए । रावलले टिका लिएर दिन खाजेको भन्दै पद नै अस्वीकार गरिदिए । उनीहरु अझै पनि रुष्ट छन्, तर रावलको असन्तुष्टि ओली पक्षका लागि व्यक्तिगत कुण्ठाभन्दा माथिको छैन ।

आफु निकटलाई अध्यक्ष ओलीले दोहोरो जिम्मेवारी पनि दिएका छन् । उप महासचिव विष्णु रिमाल ओली प्रधानमन्त्री हुँदा रिजाल प्रमुख सल्लाहकार थिए । अहिले उनलाई निर्वाचन विभागको प्रमुख र आर्थिक तथा कोष व्यवस्थापन प्रमुखको बनाएका छन् । प्रचार तथा प्रकाशन विभागको प्रमुख र प्रेस चौतारीको इञ्चार्जमा पृथ्वीसुब्बा गुरुङलाई ल्याइएको छ । यसअघि यो जिम्मेवारीमा सचिव योगेश भट्टराई थिए । उनलाई स्वास्थ्य विभाग तथा स्वास्थ्यकर्मी संघको जिम्मेवारीमा राखिएको छ । १० बुँदे सहमति कार्यान्वयनको आश्वासनसहित एमाले रोकिएको पक्ष अहिले पनि आश्वासन खाएरै बसेको छ । उनी ओली सच्चिन बाध्य पार्ने दाबी गर्न भने छोडेका छैनन् ।

राष्ट्रिय राजनीतिक मुद्दामा समेत ओली र असन्तुष्टबीच पक्ष विपक्षमा जुहारी चलिरहेको छ । एमसीसीकै मुद्दामा ओली पास गर्न तयार देखिँदा भीम रावल लगायतका नेता हारहालतमा पारित गर्न नदिने अडानमा यथावत् छन् । पार्टीभित्रको अन्तरविरोध मत्थर पार्न पहल लिनुको साटो ओली बाहिरीकालाई केन्द्रीय गरेर दौडधुप गरिरहेका छन् । अन्तरविरोध चुलिदैँ आम निर्वाचनमा पार्टी ब्यहोर्ने क्षतिबारे उनी अनविज्ञ जस्तै छन् ।