राजनीति

प्रचण्डद्वारा बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश


काठमाडौँ – नेकपा माओवादी केन्द्रको ८ औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिका प्रतिवेदन पेश गरेका छन् । कमलादीस्थित महाधिवेशनस्थलमा सुरु भएको बन्दसत्रमा उनले प्रतिवेदन पेश गरिरहेका हुन् ।

‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका छन् । प्रचण्डले प्रतिवेदन पेश गरेपछि प्रतिनिधिबीच समूहगतरुपमा छलफल हुने बताइएको छ ।