राजनीति

माओवादीको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु, ७ सदस्यीय अध्यक्षमण्डल गठन


काठमाडौँ – नेकपा माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशनअन्तर्ग बन्दसत्र सुरु भएको छ । बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा आज बिहानदेखि बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् । बन्दसत्रमा पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुने माओवादीले जनाएको छ ।

अहिले अध्यक्ष दाहालले आफ्नो प्रतिवेदन प्रस्तुत गरीरहनुभएको छ । दाहालले प्रतिवेदनमा पार्टी शान्ति प्रक्रियामा आएपछि अहिलेसम्म कहाँकहाँ गल्ती भयो भनेर आत्मसमीक्षा गरिएको बुझिएको छ । विचारको महाविधेशनको रूपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् ।