विदेश

नयाँ दिल्लीमा कोरोना संक्रमण ६ महिना यताकै उच्च, नियन्त्रणका पुनः रात्रिकालीन कर्फ्यु


कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण निरन्तर वृद्धि भएसँगै भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु लगाइएको छ । राज्य सरकारले आजबाट पुनः रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको हो ।

ओमिक्रोन भेरियन्टसँग जोडिएका संक्रमणका घटना वृद्धि भएपछि यस्तो घोषणा गरिएको दिल्ली सरकारले जनाएको छ । दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छन् । पछिल्लो २४ घण्टामा दिल्लीका २९० जना नयाँ संक्रमणका घटना पुष्टि भएको थियो । उक्त संख्या पछिल्लो ६ महिनायताकै सर्वाधिक भएको बताइएको छ ।

पछिल्लो २४ घन्टामा दिल्लीमा एक जनाको मृत्यु भएको थियो । दिल्लीमा सक्रिय संक्रमितको संख्या ११ सयभन्दा बढी रहेको छ ।