राजनीति

माओवादी केन्द्रको बन्दसत्र आजबाट


काठमाडौँ – सत्तारुढ माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदनमाथि छलफल हुँदैछ । विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा १६ सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् ।

सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ । राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रका कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबारमात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने विचार महाधिवेशनबाट अघि सार्ने माओवादीले जनाएको छ ।