काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले लेस्टर सिटीलाई ६–३ गोल अन्तरले पराजित गरेको हो ।
इतिहाद स्टेडियममा केभिन डे ब्रुएनले पाँचौ मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा ४–० ले अगाडि रहेको सिटीले दोस्रो हाफमा दुई गोल हान्यो । लेस्टरले भने दोस्रो हाफमा तीन गोल फर्काएको थियो ।
यस जितसँगै सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीले १९ खेलमा ४७ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको ४१ अंक रहेको छ । यस्तै, गएरातिकै खेलमा टोटेनहम र आर्सनल पनि विजयी भएका छन् । टोटेनहमले क्रिस्टल प्यालेसलाई ३–० र आर्सनलले नर्विच सिटीलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
प्रतिक्रिया