राजनीति

माओवादीको मञ्चमा ओलीकै चर्चा : देउवाले प्रचण्डलाई मख्ख बनाए, एमसीसीमा जुहारी (भिडियोसहित)

कसले के बोले ?


काठमाडौँ — नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन गरेको छ । महाधिवेशन सम्बोधनका लागि प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक दलका नेताहरु सहभागी थिए ।

माओवादीको महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक दलका नेताहरु पुगे । तर एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । बरु सन्देश बोकाएर महासचिव शंकर पोखरेललाई पठाए ।

गत मंसिर १० मा चितवनको नारायणतिरमाएमालेले महाधिवेशन गर्दा प्रचण्ड यसै गरि सहभागी भएका थिएनन् ।तर प्रचण्डले आइतबार विहानै ओलीलाई फोन गरेर उपस्थितिका लागि आग्रह गरे । महाधिवेशन सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले उत्साहजनक उपस्थिति जनाए ।प्रचण्ड गणतन्त्रको नायक नै भनिदिए पछि देउवासँग प्रचण्डको खुशीको सीमा नै रहेन।https://youtu.be/b2ZrToR_pXI

देउवाले सत्ता गठबन्धन लामो समय चल्ने घोषणा गदै एमसीसीको विरोध गर्नेहरुसँग जवाफ माग गरे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने प्रचण्डसँगको प्रगाढ सम्बन्धलाई देखाउन कुनै कष्ट बाँकी राखेनन् । नेपालले मन र भावना मिलि सकेपछि बाँकी कुरा मिल्दै जाने भन्दै पार्टी एकिकरणको संकेत गरे ।

केही नेताहरुले भने माओवादीको राष्ट्रिय राजनीतिमाथिको भूमिका र जनयुद्धपछि प्रचण्डले विराएको बाटोेमाथि प्रश्न उठा्रए । प्रचण्डकै पूर्व सहयोद्धा सीपी गजुरेलले अझै पनि पूर्वमाओवादी एकताको सम्भावना कायमै रहेको भन्दै केही सर्त अघि सारे ।

सम्बोधनका क्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले जनयुद्धले अर्कै विषयबस्तु लिएर लक्ष्य मोडेको बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले माओवादी विद्रोह र मधेश विद्रोह नभएको भए मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र नबन्ने दाबी गरे । माओवादीको एजेन्डा र विचारलाई उल्ट्याउने अभियानमा रहेको राप्रपाले महामन्त्री कुन्ती शाहीलाई पठायो । तर माओवादीको यो महाधिवेशनले जनयुद्धका योजनाकार तथा योद्धाहरु मोहन वैद्य किरण, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव र रामबहादुर थापा बादलजस्ता नेताहरुको कमि ब्यहोर्नु प¥यो । काँग्रेस र एमालेमा नेतृत्व पुस्तान्तरणकोबहसले स्थान पाइरहेका बेला माओवादीसमेत अछुतो रहेन । प्रचण्डको विकल्प नरहेको भन्दै माओवादी नेता मातृका यादवलेअहिले नै नेतृत्व छाडेर धर नपाउने दाबी गरे ।

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड सर्वसम्मत जस्तै छन् । सोमबारदेखि महाधिवेशन बन्द सत्रमा प्रवेश गर्दैछ । जहाँ अध्यक्ष बाहेकका पदमा आकंक्षीको लाइन छ । सहमति नभए निर्वाचनमै जाने सम्भावना आँकिएको छ ।