राजनीति

ओलीसँग एक हुने प्रचण्ड हुटहुटी : यान्छीसँगको भेटले ओली पनि बदलिए, फेरि होला ओली–प्रचण्ड मिलन ? (भिडियोसहित)


काठमाडौँ — कुनै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्माओली प्रचण्डको नामै सुन्न चाहँदैन थिए । तर पनि दुनियाँलाई आश्चर्यमा पार्दै उनीहरु बीच एकता भयो । तीनबर्षमै एकता टुङगीयो पनि । तर फेरि यी दुई नेतासंवादकोपर्खाइमा रहेको विश्लेषण गर्न थालिएको छ ।

आइतबार एकाबिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरे र आइतबार नै उद्घाटन हुन लागेकोआठौं राष्ट्रिय महाधिवेशनको अतिथि बनेर आइदिन अनुरोध गरे । प्रचण्डको अनुरोधमाथि ओलीले आफु काठमाडौं बाहिर रहेको भन्दै महासचिव शंकर पोखरेललाई पठाउने जवाफ दिए । टेलिफोन संवादहार्दिकतामै सकियो । सम्भवतः तत्कालिन नेकपा विभाजनपछि उनीहरुबीच टेलिफोन कुराकानी दूर्लभ मात्रामा मात्रै भएको छ ।

पछिल्लो केही महिना यता अनुहारसमेत हेर्न मन नपराउने उनीहरुबीच मंसिर २४ को काँग्रेस महाधिवेशनमा हेराहेर भएको थियो । शनिबार सम्पादकहरुसँग अन्तरक्रिया गरेका प्रचण्डले माधव नेपाल र आफु विगतदेखि नै एकताको पक्षमा रहेको भन्दै ढिलोचाँडो एकिकरण भएरै छोड्ने उद्घोष गरे । त्यसमा ओलीलाई पनि एक बनाउने चाहना आफ्नो रहेको प्रचण्डको आशय देखिएको थियो ।अब प्रश्न उब्जीएको छ, यी दुईबीच पुनः एकताको संकेत देखिएको त होइन ? नेताहरु ओली–प्रचण्ड मिलनको सम्भावनालाई नजिक देखिरहेका छन् ।

उनीहरुबीच यो खाले बद्लाव आउनु र फेरि एक हुनेसम्मको संकेत गर्नुको अर्थ सम्बन्धमा रहेको तिक्तता मेटिएर भने पक्कै होइन । केही आन्तरिक र बाह्य कारणले समेत उनीहरुबीचको दूरी कम गर्ने कसरत चलाइरहेको छ । किनकि नेपालका कम्युनिष्टहरुलाई एकता पनि अरुले र विभाजन पनि अरुले नै गरिदिनुपर्छ । केही दिनअघिमात्रै एमाले अध्यक्ष ओली र चिनिया राजदूत होउ यान्छीबीच भेटवार्ता भएको थियो । भेटमा एमसीसी र नेकपा विभाजन हुँदै फेरि एक भएर जानुपर्नेसम्मका विषयमा चिनिया राजदूतले चासो व्यक्त गरेकी थिइन् ।

जवाफमा ओलीले आफु एकताकै पक्षमा रहेको भए पनिआफ्नै पार्टीको सरकार ढाल्ने प्रचण्डहरुको भूमिकाप्रति असन्तुष्टि सुनाएका थिए । उस्तै खाले भेट चिनिया राजदूत यान्छीले प्रचण्डसँग पनि केही समयअघिमात्रै गरेकी थिइन् । उनको चासो मुलतः कम्युनिष्टहरु एक भएरै जानुपर्नेमा केन्द्रीत थियो ।अब यान्छीको दौडधुपले ओली–प्रचण्ड मिलनमा पुलको काम गर्ला यो प्रश्न अहमं बनेको छ ।

चीन विगतदेखि नै ओली–प्रचण्ड एकताको पक्षमा खुलेरै लागिपरेको छ । तर चाहनाविपरित नेकपा विभाजन भएपछि हार महशुस गरेको चीन अब फेरि एक बनाउने कसरतमा छ ।छुट्टाछुट्टै संघर्ष गर्दा एकअर्काको अस्तित्व बचाउन दुबैलाई मूस्कील पर्ने भएपछि ओली–प्रचण्डसमेत संशंकित छन् ।

व्यक्तिगत इगोकै कारण पार्टी विभाजन हुँदै यो तहमा पु¥याएका उनीहरुलाई विभाजनपछिको क्षतिले नराम्रो धक्का दिएको छ ।दुनियाँलाई आश्चर्य चकित पार्दै करिब चार बर्ष अघि ओली र प्रचण्डले चुनावी गठबन्धन हुँदै पार्टी एक बनाएका थिए । अहिले पुनः राजनीतिमा असम्भव भन्ने केही हुँदैन भन्ने पुष्टि गर्दै उनीहरु एक हुनसक्ने सम्भावनामाथि विश्लेषण भइरहेका छन् ।

माघ १२ मा राष्ट्रिय सभा र बैशाखमा स्थानीय तहको चुनाव हुँदैछ । गठबन्धन कायमै रहे राष्ट्रिय सभाको चुनाव एमालेका लागि असहज देखिन्छ ।आगामी निर्वाचनमा पहिलो हुँदै फेरि देशको नेतृत्व गर्ने ओलीको अन्तिम लक्ष्य छ । यता चुनावसम्मै गठबन्धन कायम गर्ने प्रचण्डको चाहना भएपनि काँग्रेसभित्रको ठुलो पंक्ति त्यसको विपक्षमा छ । कतै न कतै उनीहरु हाल देखिएको तिक्ततालाई भुलेर वार्ता र संवादको बाटो पर्खिरहेका त छैनन् ? प्रश्न जायज देखिन्छ ।