राजनीति

देउवाको प्रश्न : एमसीसीमा कहाँ छ राष्ट्रघात ?


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् ।

आइतबार काठमाडौँमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले पढेका छन् भनेर प्रश्न गरे ।