राजनीति

नारायणकाजी श्रेष्ठले भने : यो महाधिवेशन कर्मकाण्डका लागि मात्र होइन


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको महाधिवेशन औपचारिकता पूरा गर्ने कर्मकाण्ड मात्र नभएको बताएका छन् ।

आइतबार शुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भने, यो नयाँ विचारको बहस, रुपान्तरित क्रान्तिकारी पार्टी निर्माणको महत्वपूर्ण अंगका रुपमा सम्पन्न गर्न गइरहेका छौं ।’

श्रेष्ठले वाम लोकतान्त्रिक गठबन्धनको सहकार्य कम्तीमा आगामी निर्वाचनसम्म जारी राख्ने बताए ।