राजनीति

शंकर पोखरेलले भने : जनतामा जान खोज्दा प्रतिगमनको लेपन लगाइयो


काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमार्फत जनतामा जान गरिएको निर्णयलाई प्रतिगमनको संज्ञा दिइएको भन्दै दुःख व्यक्त गरेका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले जनतामा जान गरिएको निर्णयलाई प्रतिगमनको संज्ञा दिइएको बताएका हुन्।

पोखरेलले मा‌ओवादी र एमाले मिलेर बनेको गठबन्धनलाई दिइएको जनादेशको रक्षा गर्न नसकेपछि ताजा जनादेशमा जाने निर्णय लिएको पनि बताएका छन् । ‘हामीले जनादेशको रक्षा गर्न सकेनौँ । जनताबाट पाएका म्यान्डेट खण्डित भएपछि जनताबीचमा जान सक्नुपर्थ्योु, उनले भने, ‘तर त्यसलाई प्रतिगमनको लेपन लगाइएको छ । जनतामा जाने कुरा प्रतिगमन होइन ।’

पोखरेलले पार्टी निर्माणमा कार्यकर्ता र देश निर्माणमा जनताको सम्प्रभुता हुने पनि बताए ।