राजनीति

अध्यक्षज्यू आउन चाहँदा चाहँदै पनि आउन सक्नुभएन : शंकर पोखरेल


काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रको महाधिवेशनमा आउन चाहँदा चाहँदै पनि आउन नसकेको बताएका छन् ।

माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘अस्तिसम्म हामीले सम्मेलनका रुपमा हुन्छ । राजनीतिक दललाई बोलाउने कार्यक्रम छैन भन्ने सुनेका थियौँ । त्यही भएर पार्टी अध्यक्ष आफ्नो नियमित कायको लागि उपत्यका बाहिर जानुभएको छ । आउन चाहँदा चाहँदै पनि आउन सक्नुभएन।’

पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष पदमा निर्वाचित हुने लागेकोमा बधाई दिए ।