राजनीति

जनताले महसुश गर्ने गरी अवस्था बदलेको छैन् : सीपी मैनाली


काठमाडौँ — नेकपा (माले) का महासचिव सीपी मैनालीले दलहरूले पटक–पटक व्यवस्था बदले पनि जनताले महसुश गर्ने गरी अवस्था नबलिएको बताएका छन् । उनले जनतामा चौतर्फी आक्रोश र निराशा थपिएको बताए ।

आइतबार माओवादीको आठौँ महाधिवेशनलाई आइवार प्रज्ञा भवनमा सम्बोधनका क्रममा उनले ठूलो प्रश्न अहिले माओवादी केन्द्रतर्फ सोझिएको भन्दै त्यसमा समाधान ननिकाले देशमा अन्योल कायम रहने बताए ।

१० वर्षे सशस्त्र द्वन्द्वप्रति संकेत गर्दै उनले जुन लक्ष्य प्राप्ति गर्न माओवादीले संघर्ष गरेको थियो, त्यसमा जनताले गरेको त्यागानुरूप उपलब्धि प्राप्त नभएको बताए । समयले जवाफ खोजेको उनको भनाइ छ ।