राजनीति

विचार र वादहरू फरक भएपनि सबै दलले राष्ट्रियता बलियो बनाउनु पर्छ : कुन्ती शाही


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्ती शाहीले विचार र वादहरू फरक भएपनि सबै दलहरूले राष्ट्रियता बलियो बनाउनुपर्ने बताएकी छन् ।

नेकपा (माओवादी केन्द्र) को प्रज्ञा–प्रतिष्ठानमा जारी ८औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै शाहीले देशमा स्वावलम्बी अर्थतन्त्र र विदेशी हस्तक्षेपमुक्त देश बनाउनुपर्नेमा जोड दिइन् ।

शाहीले समृद्ध बलियो राष्ट्रियता भएको नेपाल विदेशीहरूले हस्तक्षेप गर्न नसक्ने देश बनाउन माओवादी केन्द्रले आफ्नो महाधिवेशनमा छलफल गर्नुपर्ने बताइन् । आफूहरूसँग माओवादी केन्द्रको विचार फरक भए पनि मौलिकताको विचारमा भने एक भएको शाहीले बताइन् ।