राजनीति

ओलीबाहेक सबै पार्टीका शीर्ष नेताहरु माओवादीको महाधिवेशनमा सामेल हुने


काठमडौँ – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमो नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली बाहेकका अन्य सबै पार्टीका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । माओवादीले यसअघि उद्घाटन सत्रमा अन्य कसैलाई नबोलाउने बताएको भए पनि अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता पठाएको हो ।

महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन नेकपा९एस०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् । ओलीलाई अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरेर महाधिवेशनमा निम्ता दिएका थिए । तर ओली झापामा छन् । उनले पार्टीका अन्य नेतालाई पठाउने जानकारी दिएका थिए । एमालेको तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने संभावना छ ।

राष्ट्रिय सम्मेलनबाट परिणत भएको महाधिवेशन आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम अब ३ बजेदेखि सुरु हुने भएको छ ।