राजनीति

माओवादीको महाधिवेशनमा ११ दललाई निम्तो


काठमाडौँ – नेकपा माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशनमा ११ दललाई निम्तो दिएको छ । माओवादीले उदघाटन समारोहमा कांग्रेस, एमाले, एकीकृत समाजवादी, जसपासहित ११ राजनीतिक दलका नेताहरुलाई निम्तो दिएको छ ।

उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओली भने अनुपस्थित हुुनुहुने भएको छ । ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराउनुभएको छ । प्रचण्डले उद्घाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गर्नुभएको थियो । ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताउनुभएको छ ।