राजनीति

बन्दको अवज्ञा गरेको भन्दै सीके राउतका कार्यकर्ताद्वारा गाडी तोडफोड


काठमाडौँ – सिराहामा बन्द उल्लंघन गरेको भन्दै सिके राउतको पार्टी जनमत पार्टीका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । उनीहरुले मिर्चैयामा प्रहरीको अनुपस्थितिमा ४ ५ वटा गाडीमाथि तोडफोड गरेका हुन् ।

औरही गाँउपालिकाबाट गाहुँ लुटेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो । त्यसैको विरोधमा जनमत पार्टीले आज बन्दको आह्वान गरेको थियो ।

सोही गाउँपालिकाको किसानलाई नै वितरण गर्न स्थानीय स्वास्थ्य चौकीमा गहुँको बिउ भण्डारण गरेर राखेको थियो । तर गहुँ वितरण गर्न ढिलाइ गरेको भन्दै केही किसानहरुले यही पुस २ गते सो गहुँ आफैं लगेका थिए ।

अहिले प्रहरीले बल प्रयोग गरेर बाटो खुलाएको छ ।