राजनीति

माओवादीमा १५ पदाधिकारीमा वरिष्ठसहित ७ उपाध्यक्ष, ३ सचिव


काठमाडौँ – नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय कमिटीको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने विधान पारित गरेको छ । जसमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

स्थायी कमिटी बैठकको प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो । प्रथम राष्ट्रिय सम्मेनल गर्ने तयारीमा रहेको माओवादी अन्तिम समयमा आएर महाधिवेशनमा परिणत गरेको थियो । महाधिवेशनमा लागि भनेर मनोनीतसहित १६०० सय हाराहारीमा प्रतिनिधि राजधानी आइसकेका छन् । महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ ।