राजनीति

माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत


काठमाडौँ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आजदेखि शुरु हुँदैछ । यसअघि पार्टीको राष्ट्रिय सम्मेलन भन्दै आएपनि माओवादीले हिजोमात्रै महाधिवेशनमा रूपान्तरण गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो महाधिवेशनको उद्घाटन गर्ने तय गरिएको छ । प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उदघाटनसत्र प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा सहभागी हुन लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन् । माओवादीले सहभागीलाई आफै खाने–बस्ने प्रबन्ध गर्न भनेको छ । महाधिवेशनमा कूल एक हजार ६३१ प्रतिनिधि सहभागी हुने छन् ।