राजनीति

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादीको निर्णय


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको स्थायी कमिटी बैठकमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको हो ।

तल्लो कमिटीहरुबाट सम्मेलन गरेर आएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्न लागिएको हो । आइतबार विहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले यसबारे औपचारिक निर्णय गर्ने माओवादी एक नेताले बताए । मा‌ओवादी केन्द्रको महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुनेछ ।