राजनीति

माधव नेपालसँग पार्टी एकता हुन्छ : प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग एकता हुने सम्भावना औंल्याएका छन् ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रचण्डले माधव नेपालसँग पार्टी एकता हुन सक्ने जानकारी दिएका हुन् । ‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ’, उनले भने, ‘हामी यसअघि पनि आफैँ छुट्टिएको होइन ।’