राजनीति

ओलीलाई भेट्न प्रचण्ड र देउवा बालकोट जाने


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मूल विषयहरूमा सहमति गर्न विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जानुपर्ने अवस्था आएको बताएका छन्।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रचण्डले लगातारको संसद् अवरोध हटाउनुपर्ने र एमसिसीबारे पनि सहमति जुटाउनुपर्ने अवस्थामा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा समेत ओली अनुपस्थित रहेकाले उनलाई भेटेर सहमति जुटाउन आफूहरू नै बालकोट जानुपर्ने अवस्था आएको बताएका हुन्।

ुलगातार संसद अवरुद्ध गर्ने र सर्वदलीय बैठकमा उनी आएका छैनन्ु प्रचण्डले भने, ु मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनुहुन्न, हामी नै बालकोट जाऊँ भनेको छु।’

आगामी पुस १८ गतेसम्म संसद् स्थगित भएको हुनाले त्यसबेलासम्ममा दलहरूले सहमति गरे पनि हुने अवस्था देखिन्छ।