राजनीति

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आजै दल दर्ता गर्ने


काठमाडौँ — राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले शनिबार दल दर्ता गर्दैछ । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न पुस १ देखि १० गतेसम्मको समय दिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार नै कांग्रेसले निर्वाचन पुगेर दल दर्ता गर्नेछ । राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा कम्तीमा ५ वर्षमा एक पटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन गर्नुपर्छ ।