राजनीति

कांग्रेस जति लोकतान्त्रिक पार्टी अरु छैन् : देउवा


काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबराबरको लोकतान्त्रिक पार्टी कुनै नरहेको दाबी गरेका छन् ।

शनिबार पार्टीको निर्वाचनमा जित हात पारेका पदाधिकारीलाई प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । देउवाले पार्टीको आन्तरिक निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

‘उहाँहरूले वडा देखि केन्द्रीय निर्वाचनसम्म समस्याका बाबजुद निर्वाचन सम्पन्न गराएर कांग्रेसको विकासमा आयाम थप्नुभएको छ’, ‘कांग्रेस बराबर लोकतान्त्रिक पार्टी छैनन् । हाम्रो पार्टीले वडा समितिदेखि नै लोकतान्त्रिक अभ्यास गरेको छ ।’

देउवाले महिलालाई ३३ प्रतिशत स्थान पार्टीमा दिएको बताउँदै आगामी दिनमा पार्टीले चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । आफू सबैको साझा सभापति भएको र सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।