राजनीति

कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्यको पहिलो बैठक सुरु


काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु शनिबार दिउँसो बैठक सुरु भएको हो ।

बैठकमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट १३ जना पदाधिकारीसहित १३४ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।

सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्य मध्येबाट एक जनालाई कोषाध्यक्ष मनोनयन गर्नेछन् । त्यस्तै सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था पनि छ । यसअघि शनिबार नै निर्वाचन समितिले कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गरेको थियो ।